लगातारको बर्षाले त्रिवि क्रिकेट मैदान डुब्यो, आज हुने दुई खेल अन्योलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार २ खेल हुने तालिका छ। तर निरन्तर वर्षाका कारण खेल हुने सम्भवना निकै कम देखिएको छ।

आज पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेल्ने तालिका छ। सो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्नेछन्। सो खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

तर बिहिबार रातिदेखिको वर्षाले आजका लागि तोकीएका दुवै खेल हुने सम्भावना न्युन छ। आजका लागि तोकीएका खेल वर्षाका कारण हुन नसके दुवै टोलीले अंक बाँड्नेछन्। लुम्बिनी र चितवनले लिगको पहिलो खेलमा जित निकाल्दै विजय सुरुवात गरेका छन्।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। चितवनले पनि विराटनगरलाई ८ रनले हराउँदै जित हात पारेको थियो। वर्षा रोकिएर खेल भएको अवस्थामा दुवै टोली स्पष्ट जितको खोजीमा मैदान उत्रनेछन्।

एनपीएलका एक खेलमा जित र एक खेलमा हार भोगेको सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। लगातार दोस्रो हार भोगेको विराटनगरले भने पहिलो जित निकाल्न चाहान्छ।

विराटनगर पहिलो खेलमा चितवनसँग चितवनसँग ८ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्ससँग ४ विकेटको हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation