स्थापनाको ३०औं वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य

काठमाडौं । स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ ।

आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य फार्माल्यावले एनपीएलको माध्यमबाट आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस सहकार्यअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिहरू सञ्चालन गरिरहेको छ। यी गतिविधिले खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

यसै क्रममा आर्य फार्माल्यावले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । साथै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाको ‘हाटविट मुमेन्ट अफ द म्याच’ प्रदान गरिनेछ । यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

आर्य फार्माल्यावले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरेको यस सहकार्यलाई संस्थाको यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । क्रिकेटजस्तो लोकप्रिय खेलसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुऱ्याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation