Pahilo Awaj

Advertisment

SKIP THIS

नेपाल बीमक संघमा नयाँ नेतृत्व चयन

बीमक संघ

काठमाडौँ । नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज हुने साधारण सभाको पूर्व सन्ध्यामा हिजो मनोनयन प्रक्रियाको क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सहमत भएको हो ।

संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्री र महासचिव पदमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् ।

बीमक संघको उपाध्यक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र कोषाध्यक्षमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको कार्यसमितिमा नयाँ सदस्यको रुपमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ निर्वाचित भएकी छिन् ।

साथै, सदस्यहरुमा द ओरिएन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य चयन भएका छन् ।

बीमक संघ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार