कांग्रेस महाधिवेशन : गगन कुमार थापा सभापतिमा निर्वाचित, अन्य पदाधिकारीको मतगणना १ बजेपछि सानेपामा

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरुको मत गणना भने बाँकी रहेको छ।

सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ । उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना सुरु गर्नेछ ।
कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुनेछ।
१५औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणनामा सभापतिमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन। जसमा कुल ५४ मत बदर भएको थियो ।
यसपटक कांग्रेसका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation