गोरखा । चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदी फेरि थुनिएको छ । १५ मिनेटदेखि नदीमा जलप्रवाह नदेखिएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुगेको छ । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।








