Pahilo Awaj

Advertisment

SKIP THIS

सिन्धुलीमा ईभी दुर्घटना : एक जनाको ज्यान गयो

दुर्घटना

काठमाण्डौ । झापाबाट काठमाण्डौका लागि छुटेको निजी गाडी सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । बा १–०३० च ९६४२ नम्बरको विद्युतीय गाडी ( ईभी) बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको ज्यान गएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएकामध्ये मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ ।

इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी र २८ वर्षीय सञ्जय रोक्का तथा झापाको बाह्रगढी गाउँपालिका–१ का २७ वर्षीय किस्कु मण्डल सामान्य घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार