टेनएक्स क्लबले पाँचौ ‘एनिभर्सरी’ मनाउँदै

काठमाडौं । क्लव ‘टेनएक्स’ले पाँचौ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले २८ गते अर्थात अक्टोबर १४ मा वार्षिकी मनाउन लागेको हो ।

वार्षिकोत्सवमा आँचल द एमीकस र गेष्ट डिजेले कोयलले प्रस्तुत दिने भएकी छन् । चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लव टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को सुरुवात गर्दै आएको कल्बबका सिईओ पौरख बस्न्यातले बताएका छन् ।

´पाँचौ वार्षिकी मनाउन पाइरहँदा खुसी लागेको छ । हामी टेन एक्सलाई नेपालकै उत्कृष्ट क्लवहरुमध्ये एक बनाउने प्रयास गरिरहेका छौँ,’ उनले भने,’ हामीले पार्टी गर्न चाहने गेष्टहरूको इच्छा पूरा गर्दै आएका छौँ ।’

क्लबले प्रत्येक वर्ष वार्षिकोत्सव मनाउँदै आएको छ । चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिदैँ आएको छ।

‘ चार वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ,’क्लबका सीईओ बस्न्यात भन्छन् । उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन्।

क्लब टेन एक्समा नेपालका चर्चित डिजे तथा गायक-गायिकाले प्रस्तुति दिएका थिए । गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बू जस्ता थुप्रै नेपालका कलाकारले आफ्नो प्रस्तुती दिइ सकेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation