Pahilo Awaj

Advertisment

SKIP THIS

बुद्ध सेभेन स्टार युवा क्लबले ट्राईब्रेकरमा आयोजक अस्नैयालाई हरायो

शिब अधिकारी, रुपन्देही । रुपन्देहीको कञ्चनमा शनिबार (हिजो) बाट सञ्चालनमा आएको लुम्बिनी साझेदारी कप फुटबल प्रतियोगिताको दोस्रो दिन आज एक सम्पन्न भएको छ । अस्नैया युवा क्लब र लुम्बिनी साझेदारी वन व्यबस्थापन समूहको संयुक्त आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन आयोजक अस्नैया युवा क्लब र बुद्ध सेभेन स्टार युवा क्लब सैनामैनाका बीच खेल सम्पन्न भएको हो ।

सम्पन्न प्रतियोगिताबाट बुद्ध सेभेन स्टार युवा क्लब सैनामैना विजयी भएको हो । निर्धारीत समयमा दुवै टोलीका तर्फबाट कुनैपनि गोल हुन नसकेपछि ट्राईब्रेकरमा धकेलिएको खेलमा ४-३ को गोल अन्तरले बुद्ध सेभेन स्टार युवा क्लब सैनामैनाले आयोजक अस्नैया युवा क्लबलाई पराजित गरेको हो ।

अस्नैया युवा क्लबको २५ औँ बार्षिक उत्सवको अवसरमा जारी प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन भने उपविजेता टोलीले नगद १ लाख रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैँया प्राप्त गर्ने अस्नैया युवा क्लबका अध्यक्ष दुर्गा रास्कोटीले जानकारी दिनुभयो । प्रतियोगिता चैत्र २७ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको तेस्रो खेलमा सोमबार दिउँसो ४ बजे हिमालय सामुदायीक विकास केन्द्र र मनोभव एफ.सी. बुटवलका बीच स्पर्धा हुनेछ ।

लुम्बिनी साझेदारी कप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार