
सैनामैना । लायन्स क्लब अफ सैनामैना मलमलाले आफ्नो समाजसेवी अभियानअन्तर्गत लायन्स बाटिकाको सिलान्यास सम्पन्न गरेको छ । कार्यक्रम सैनामैना नगरपालिका वडा नं.६ मा रहेको दुधराक्ष स्वास्थ्य चौकिको प्राङ्गणमा सम्पन्न भएको हो ।
सिलन्यास समारोहमा प्रमुख अतिथि लायन्स क्लव अफ ३२५ पि का डिजि डिस्टिक गोर्भनर पुरुषोत्तम प्रधालाङ्गले लायन्स क्लब अफ सैनामैना मलमलाले यस अगाडी पनि समाजमा धेरै काम गरेको भन्दै यो एउटा स्वास्थ्य चौकीमा बाटिका स्थापनाले उपचार गर्न आउने विमारीहरुका लागि बाटिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले जिल्लाबाट समेत सहयोग गर्ने वताउनुभयो यस्तै केन्द्रिय स्तरबाट समेत ५ देखी १० डलर ल्याउन सकिने र त्यसको लागि प्रस्तावना तयार पार्न आग्रह गर्नुभयो । लायन्सका प्रत्येक मेम्वरले समेत सहयोग गर्ने भन्दै सुरु गरेपछि समापन हुन्छ भन्दै काम गर्न थप प्रेरणा प्रदान गर्नुभयो ।
कार्यक्रममा फष्ट भाइस डिजि बलराम भट्टराईको विशिष्ट आतिथ्यता दुधराक्ष स्वास्थ्य चौकीका प्रमुख खगराज पोख्रेल, दिपक कुमार श्रेष्ठ, खिम बहादुर हमाल, मिना पन्थी, शुशिला पन्त सल्लाहकार लेखनाथ गैरे लगायतको आथित्यतामा सम्पन्न कार्यक्रममा वोल्ने बक्ताहरुले समाजमा हरियाली प्रवद्र्धन गर्न यस्ता परियोजनाहरू आवश्यक रहेको बताएका थिए ।
लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष तिर्थ राज डुम्रेले लायन्स बाटिकाले स्वास्थ्य चौकी र स्थानीय समुदायलाई समेत हरियाली वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा समाजसेवी, पत्रकार, क्लबका पदाधिकारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । लायन्स कल्व अफ सैनामैना मलमलाका सचिव ज्ञान प्रसाद पाण्डेको सहजिकरण सम्पन्न कार्यक्रममा क्लवका कार्यक्रम संयोजक तथा सस्थापक अध्यक्ष कृष्ण शर्माले बाटिकाको लागत करिव १६ लाख अनुमानित गरिएको जानकारी गराउदै यसको उद्देश्य, सम्भावित लाभ तथा आगामी योजना बारे समेत जानकारी गराउनुभयो ।
लायन्स क्लब अफ सैनामैना मलमलाले सामाजिक सेवाका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ । बगैँचाको निर्माणले स्वास्थ्य चौकीमा सेवा लिन आउने वडाबासि र नगरवासीलाई खुला वातावरण प्रदान गर्नुका साथै सौन्दर्यकरणमा पनि योगदान पुर्याउने विश्वास गरिएको छ ।