
रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापा बुधबार रुपन्देहीको कञ्चन गाउँपालिका स्थीत हरैया आउने भएका छन् । रुपन्देही क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न थापा हरैया आउने कांग्रेस रुपन्देहीले जनाएको छ ।
महामन्त्री थापाले चैत्र २० गते हरैयामा सम्बोधन गर्ने क्षेत्र नम्बर ५ का सचिव चित्रलाल तुलाचनले बताए । उनले कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई अनुरोध समेत गरेका छन् ।
महामन्त्री थापा कञ्चन आउने भएपछि यहाँको रौनक तातेको छ । थापालाई कञ्चनको समग्र विकासका बारेमासमेत जानकारी गराईने सचिव तुलाचनले जानकारी दिए ।