Pahilo Awaj

Advertisment

SKIP THIS

उदय युवा क्लबको आयोजनामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

उदय युवा क्लबको आयोजनामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

काठमाडौं । पाल्पाको माथागढीमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । माथागढी ७ रहबास अखरीगौडामा रहेको उदय युवा क्लबको आयोजनामा यहि चैत्र १८ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता फागुन २० गतेसम्म चल्ने छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले चैत्र १८ गते देखि २० गते सम्‍ममा टिम दर्ता गर्न सक्ने खेल संयोजक अम्‍मर काम्‍मु मगरले जानकारी दिएका छन् ।

पुरुष तर्फको भलिबल प्रतियोगिताका लागि २ हजार ५ सय तथा महिला तर्फ १ हजार ५ सय रुपैँया सय दर्ता शुल्क तय गरिएको छ । प्रतियोगिताको विजेताले पुरुष तर्फ ३० हजार प्राप्त गर्ने छ भने उपविजेताले २० हजार पाउँदा तेस्रो स्थान हात पार्ने टोलीले १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै महिला तर्फको विजेता टोलीले १० हजार, उपविजेताले ८ हजार तथा तृतीय हुने टोलीले ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक मगरले बताए । उनले प्रतियोगिता अखरीगौडाको बाताचुलि प्रा.वि को मैदानमा हुने जनाएका छन् ।

खेल टीटी र्फम्याटमा खेलाइने र रहेक टिममा १ जना प्रशिक्षकसहित ८ जना खेलाडीहरु सहभागि हुन पाउने बताइएको छ ।

पुरुष तर्फको खेल चैत्र १९ गते देखि र महिला तर्फको खेल १८ गते देखि सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको पनि खेल संयोजक अमर काम्‍मु मगरले जानकारी दिए ।

भलिबल प्रतियोगिता

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार