
काठमाडौँ । प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध भएको छ। ३ बजे बैठक सञ्चालन हुनासाथ विपक्षी सांसदले विरोध शुरु गरेका छन्।
केही घण्टा अघि पनि संसद् स्थगित भएको थियो।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले संसद् चल्न नदिएपछि बैठक स्थगित गरिएको थियो।
उनीहरूले यसबारे प्रधानमन्त्री केपी ओलीले जवाफ नदिएसम्म सदन सुचारु हुन नदिने अडान लिएपछि सभामुखले बैठक स्थगित गरेका थिए।