उत्कृष्ट लुम्बिनी सहकारीद्वारा बालगृहमा सहयोग

भैरहवा ।
उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. भैरहवाले भैरहवास्थित सिद्धार्थ बालगृहमा सहयोग गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको पुर्वसन्ध्यामा संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत दैनिक उपभोग्य सामानहरु सहयोग गरेको संस्थाका अध्यक्ष खिमबहादुर खत्रीले बताए । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खत्रीले बताए ।
संस्थाले एक कार्यक्रमका बिच दैनिक उपभोग्य सरफ, साबुन, सेम्फु, विस्कुट, फ्रुटी लगायतका सामानहरु बालगृहका संचालक कृष्णमाया गुरुङ्गलाई हस्तान्तरण गरेको सहकारीका शिक्षा समिति संयोजक कृष्णप्रसाद पोख्रेलले बताए । सहकारीले विभिन्न समयमा रक्तदान, विरामीलाई फलफुल वितरण, शैक्षिक अवलोकन भ्रमण, शेयर सदस्यलाई सहकारी शिक्षा तालिम, राहत वितरण लगायतका सामाजिक कामहरु गरेको पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक भैरहवा शाखाका कार्यालय प्रमुख ऋषिकेश ज्ञवालीले संस्थाले निकै सरहानीय कायम गरेको भन्दै कार्यक्रमबाट प्रभावीत भएको बताए । कार्यक्रममा सहकारीका संचालक, सल्लाहकार, कर्मचारी, सेयरधनीहरुको उपस्थिती रहेको थियो । लुम्बिनीरोड स्थित सिद्धार्थ बालगृहमा २० जना बालबालिका आश्रीत छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार