


सैनामैना । ३० औँ जनयुद्ध दिवसको अवसरमा रुपन्देहीको सैनामैनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र विप्लव नेतृत्वको नेकपाको संयुक्त आयोजनामा जनयुद्ध दिवसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
सैनामैना २ कालिकाचोक स्थित ग्लोबल पार्टी प्यालेसको हलमा कार्यक्रम भएको थियो । कार्यक्रममा रोमनाथ न्यौपाने, शिबलाल बस्याल, शालिकराम भण्डारी, राम प्रसाद अधिकारी, देवेन्द्र पौडेल, राज बहादुर क्षेत्री, खुसीराम चौधरी, चित्र बहादुर केसी, मोहमद वकिल मुसलवान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दिवसको अवसरमा टिका ग्रहण कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यस्तै, आजै मुर्गियामा रहेको लुम्बिनी गेटमा साझ दिप प्रज्वलन पनि गरिएको आयोजकले जानकारी दिएको छ ।