
शिब अधिकारी, सैनामैना । प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधीका लागि आज अभिषेक चर्च रजहर नवलपुर र कपिलवस्तु ११ खेल्दै छन । रुपन्देहीको सैनामैना स्थित सैनामैना फुटबल रंगशाला मुर्गियामा फागुन १९ गतेदेखि जारी प्रतियोगिताको उपाधीका लागि यी दुई टोली बीच भिडन्त हुन लागेको हो ।
दुवै टोली उपाधी जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन । अभिषेक चर्च रजहर नवलपुरले आयोजक मुर्गिया फुटबल क्लबलाई सेमिफाईनलमा पाखा लगाउँदै फाईनलमा स्थान पक्का गर्दा कपिलवस्तु ११ ले दोस्रो सेमिफाईनल खेलमा पेनाल्टि सुटआउट मार्फत महावीर एफसी काठमाडौंलाई हराउँदै फाईनलमा स्थान पक्का गरेको थियो ।
प्रतियोगिताको फाईनलसँगै समापन समारोह पनि आज हुँदै छ । फाईनल खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक मुर्गिया फुटबल क्लबले जानकारी दिएको छ । प्रतियोगिताको समापन समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) को प्रमुख आतिथ्यता रहने छ । साथै नेपाल आईडल सिजन २ का विजेता रवि ओड सहित द्रोपदी चलचित्रका कलाकारहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ४ लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।