तोलामा २ हजार ७ सयले घट्यो सुन

सुन

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो ।

मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

घट्यो सुन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार