
काठमाण्डौ । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा भएको कुटपिटबाट एक जनाको ज्यान गएको छ ।
गएराति हस्तबहादुर मल्लको घरको विशेष पूजा (पछेटा) गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा भई कुटपिट हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको ज्यान गएको र १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा खाँडाचक्र–९ का विवेक मल्ल र दीपेन्द्र मल्ललाई पक्राउ गरेको छ । त्यस्तै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।