सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ लाई

सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ लाई

बुटवल । सैनामैनाको मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कपिलवस्तु ११ ले आफ्नो पोल्टामा पारेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा बुधवार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ ले च्याम्पियन बनको हो ।

सैनामैना रंगशालामा भएको फाईनलमा खेलमा कपिवस्तु ११ को जितका लागि विदेशी खेलाडी मोहम्मदले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि खेलको ५० ओँ मिनेटमा कपिलवस्तु ११ का तर्फबाट विदेशी खेलाडी मोहम्मदले डि बक्समा पाएको अवसरलाई गोलमा परिणत गरेका थिए ।

फाइनल खेलमा कपिलवस्तु ११ ले ५ जना र अभिषेक चर्चले ४ जना विदेशी खेलाडी मैदानमा उतारेका थिए । १० दिनसम्म चलेको प्रतियोगितामा नेपालका दुई विभागीय र भारतको एक सहित १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उपाधी विजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहमा कपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिती रहेको थियो । प्रमुख अतिथी समेत रहेका प्रचण्डले सैनामैनामा खेलकुदका संरचनाहरु विकास भएकोमा खुसी व्यक्त गर्दै आफ्नो पार्टीबाट हुनसक्ने सक्ने सहयोग गर्ने बताउनुभयो । उहाँले आफूले फुटबल खेल प्रति अलि बढि रुचि राख्ने बताउँदै खेलाडीहरुलाई शुभकामना समेत दिनुभएको थियो ।

समापन समारोहको उद्घाटन प्रचण्डले पानसमा बत्ति बालेर गर्नुभएको हो । कार्यक्रममा सुनगाभा पब्लिक स्कुलका प्रार्चाय तिलब केसी, सैनामैना ४ का वडाध्यक्ष राम प्रसाद अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो ।

कपिलवस्तु ११

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार