काठमाडौं । जेनजी मुभमेन्ट नेपालले मलेसियाबायोमेडिकल प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमानसभामुख डोलप्रसाद (डीपी) अर्याल र इनम सापकोटामोबाइल प्रकरणमा प्रधानमन्त्रीका प्रमुख राजनीतिकसल्लाहकार कुमार बेन (कुमार व्यञ्जनकार) लाईराजनीतिक संरक्षण नदिन प्रहरी महानिरीक्षक डा. मनोजकेसीलाई चेतावनी दिएको छ।
मुभमेन्टले बुधबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेरमहानिरीक्षक केसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै दुवैप्रकरणमा राजनीतिक दबाब र प्रभावबिना निष्पक्ष अनुसन्धानगर्न माग गरेको हो।
मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण तथाबायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क असुली गरीकरिब १ अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी मुद्राअपचलन भएको भनिएको प्रकरणमा विभिन्न व्यक्तिमाथिअनुसन्धान भइरहेका बेला तत्कालीन श्रममन्त्री डीपीअर्यालको कार्यकालमा समेत करिब ७ करोड २९ लाखरुपैयाँ मलेसिया पठाइएको सार्वजनिक विवरणमाथिअनुसन्धान हुनुपर्ने मुभमेन्टको माग छ।
एउटै प्रकृतिको प्रकरणमा अन्य मन्त्री तथा अधिकारीमाथिअनुसन्धान हुने तर अर्यालको कार्यकालका निर्णय र आर्थिककारोबारमाथि अनुसन्धान नहुने हो भने प्रहरीकोनिष्पक्षतामाथि गम्भीर प्रश्न उठ्ने मुभमेन्टले जनाएको छ।
त्यस्तै, इनम सापकोटाको प्रहरी नियन्त्रणमा रहेको मोबाइलफरेन्सिक परीक्षणअघि प्रधानमन्त्री कार्यालय हुँदै कुमारबेनको निवाससम्म पुगेको, मोबाइलमा डिजिटल गतिविधिभएको, स्क्रिनसट लिइएको र केही सन्देश मेटाइएको भन्नेसार्वजनिक विवरणमाथि गम्भीर अनुसन्धान गर्न माग गरिएकोछ।
यस प्रकरणमा कुमार बेनसहित सम्बन्धित व्यक्तिहरूमाथिअनुसन्धानको माग गर्दै काठमाडौं प्रहरी परिसरमा विधिवत्जाहेरी दर्ता गराइसकेको भए पनि अहिलेसम्म अनुसन्धानकोप्रगति र कारबाहीबारे स्पष्ट जानकारी प्राप्त नभएकोमुभमेन्टको भनाइ छ।
‘कुमार बेनविरुद्ध जाहेरी दर्ता भइसकेको छ। अब अनुसन्धानकिन भइरहेको छैन? अनुसन्धान रोकिएको हो वा राजनीतिकदबाब र प्रभावका कारण प्रक्रिया प्रभावित भइरहेको छ?’ मुभमेन्टले प्रहरी नेतृत्वसमक्ष प्रश्न गरेको छ।
ध्यानाकर्षणपत्रमा नेपाल प्रहरी सरकार वा कुनै राजनीतिकदलको निजी संगठन नभई संविधान र कानुनअनुसार कामगर्ने व्यावसायिक तथा निष्पक्ष सुरक्षा निकाय हुनुपर्ने उल्लेखगरिएको छ।
‘नेपाल प्रहरी सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन होकि संविधान र कानुन कार्यान्वयन गर्ने निकाय हो? प्रहरीकोजिम्मेवारी सत्तामा रहेका व्यक्तिको स्वार्थ रक्षा गर्नु होइन, कानुनको शासन कायम गर्नु हो,’ मुभमेन्टले प्रश्न गरेको छ।
मुभमेन्टले डीपी अर्यालको श्रममन्त्री कार्यकालका निर्णय, पत्राचार, भुक्तानी तथा रकम विदेश पठाइएको प्रक्रियाकोअनुसन्धान गर्न, कुमार बेनविरुद्ध दर्ता जाहेरीमाथि तत्कालकानुनी प्रक्रिया अघि बढाउन र इनम सापकोटाकोमोबाइलको फरेन्सिक परीक्षण गरी डिजिटल प्रमाण सुरक्षितगर्न माग गरेको छ।
त्यसैगरी, दुवै प्रकरणमा अनुसन्धानको अवस्था र आगामीकारबाहीबारे सार्वजनिक जवाफदेहिता कायम गर्न प्रहरीमहानिरीक्षकसँग माग गरिएको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरितध्यानाकर्षणपत्रमा भनिएको छ, ‘हामी कुनै व्यक्तिलाईपूर्वाग्रहका आधारमा दोषी घोषणा गर्न माग गर्दैनौँ। तरप्रमाणका आधारमा अनुसन्धान, निष्पक्ष सुनुवाइ र दोषप्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ।‘
ध्यानाकर्षणपत्रको अन्त्यमा मुभमेन्टले स्पष्ट पारेको छ, ‘कानुनभन्दा माथि कोही छैन,न प्रधानमन्त्री, न सभामुख, नराजनीतिक सल्लाहकार र न कुनै राजनीतिक दल। सत्ताअस्थायी हो, संस्था स्थायी हो।‘









