महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप, तीनजना घाइते

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई समूह बिच झडप भएको छ ।

क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच कुटाकुट भएको हो ।

झडपमा महेन्द्र मोरङ क्याम्पसमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास, नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल र सचिव गुड्डु साह घाइते भएको नेविसंघले जनाएको छ । उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ।

आउँदै गरेको स्ववियु निर्वाचनको विषयलाई लिएर केही दिनअघि देखि नै यी दुई समूहको बिचमा विवाद हुँदै आएको थियो । बिहीबार बिहान स्ववियु निर्वाचनको भागबन्डा मिलाउने बारेमा आयोजना गरिएको छलफलको क्रममा हात हालाहाल भएको थियो ।

छलफल गर्न गएको बेलामा आफूमाथि हातपात भएको पोखरेलले बताए ।

स्ववियु सभापति जसवन्त पौडेल कांग्रेसको संस्थापन पक्षका हुन् उनकै नेतृत्वमा रहेको समूह स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको उनले बताए ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

आक्रमण गर्ने समूह हातहतियार सहित कुटपिटमा उत्रिएको पाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार