गौतमबुद्ध सन्देश दैनिक ११ औं वर्षमा प्रवेश

भैरहवा । रुपन्देहीको भैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक एघारौ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७१ फागुन ११ गतेदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशन शुभारम्भ भएको गौतमबुद्ध सन्देश एघारौ वर्षमा प्रवेश गरेको हो ।

गौतमबुद्ध मिडिया प्रा.लि.बाट प्रकाशित यो पत्रिकाले २०७३ फागुन २८ गतेदेखि दैनिक प्रकाशन शुभारम्भ गरेको थियो ।

विभिन्न आरोह अवरोह पार गर्दै यस दैनिकले एक दशक सफलतापूर्वक पार गरी आज (बुधबार) देखि एघारौ वर्षमा प्रवेश गरेको गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीले बताए ।

गौतमबुद्ध सन्देश दैनिक पत्रिका रुपन्देही जिल्ला सदरमुकाम भैरहवा सिद्धार्थनगरबाट प्रकाशित भइरहेको एकमात्र दैनिक पत्रिका हो ।

गौतमबुद्ध सन्देश

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार