
भैरहवा, ६ चैत ।
त्रिवेणी मोटर कर्पोरेशनले आयात गरेको डोङफेङ इभी गाडीको भैरहवामा विक्री शुभारम्भ गरिएको छ । भैरहवाका लागि आधिकारिक विक्रेता किस्मत अटोमोबाईल्सले बुधबारदेखि उक्त गाडीको विक्री शुभारम्भ गरेको हो ।
चीनमा बनेको यो गाडी (भ्यान) १४ र ११ सिट क्षमतामा उपलब्ध रहेको सञ्चालक कल्याण श्रेष्ठले जानकारी दिए । गाडीको मूल्य क्रमश : ५६ लाख ५० हजार र ४७ लाख रुपैयाँ रहेको उनले बताए ।
बुटवलका लागि आधिकारिक विक्रेता उर्जा ग्रीन अटोमोबाइल्सका सञ्चालक लक्ष्मण अर्यालका अनुसार यो गाडीको ३ सय किलोमिटर रेन्ज छ । त्यस्तै गाडीको ब्याट्री र मोटरमा पाँचलाख किलोमिटर र पाँचवर्ष वारेन्टी रहेको अर्यालले जानकारी दिए ।
विक्री केन्द्रबाट सेल्स, सर्भिस र पार्टसको राम्रो सुविधा प्रदान गरिने किस्मत अटोमोबाईल्सका सेल्स म्यानेजर विशालजंग कुँवरले बताए ।