
काठमाडौं । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट भएको छ। स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता तथा कार्यकर्ताबिच कुटाकुट भएको हो ।
एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको थियो ।