स्ववियु निर्वाचन : सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा खस्यो ८० प्रतिशत मत

स्ववियू निर्वाचन : सहिद नारायण प्रोख्रेल रामापुर क्याम्पसमा लाग्यो ताला

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैना रुपन्देहीमा स्ववियु निर्वाचनका लागि भएको मतदानमा ६९६ मत खसेको छ । ८७२ मतदाता संख्या रहेको सो क्याम्पसमा पाच विद्यार्थी संगठनको अखिल संयुक्त प्यानल, नेबिसंघ र एक जना स्वतन्त्र उम्मेदवार निर्वाचनमा होमिएका छन । विज्ञान पाण्डेको नेतृत्वमा अखिल संयुक्त प्यानल, मौषम थापा मगरको नेबिसंघ र विशाल पौडेल स्वतन्त्र तर्फवाट निर्वाचनमा होमिएका छन् ।

स्ववियु निर्वाचन सहिद नारायण पोखरेल रामापुर क्याम्पसका निर्वाचन अधिकृत दिनेश पन्थीका अनुसार निर्धारित समयमै मतदान शुरु भएको र निर्धारित समयमै शान्तिपुर्ण र सौहार्दता रुपमा मतदान सम्पन्न भएको उपकार अनलाइनलाई जनाकारी दिनुभयो ।

रामापुर क्याम्पसमा शिक्षा र ब्यबस्थापन शास्त्र संकायमागरी ८७२ विद्यार्थीहरु अध्यनरत छन । यसभन्दा अघि सो क्याम्पसमा नेबिसंघले जितेको थियो । करिव ८० प्रतिशत मत खसेको सहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैनामा आजै साझबाट मतगणना शुरु गरिने निर्वाचिन अधिकृत पन्थीले जानकारी दिनुभएको छ।

स्ववियु निर्वाचन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार