खेलमय बनेको सैनामैनामा फेरि भलिबल प्रतियोगिता हुँदै

खेलमय बनेको सैनामैनामा फेरि भलिबल प्रतियोगिता हुँदै

सैनामैना । पछिल्लो समय खेलमय बनेको रुपन्देहीको सैनामैनामा फेरी १ लाख पुरस्कार राशीको पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुद्धनगर युवा क्लबको आयोजनामा चैत्र २६ गते देखी ३० गते सम्म प्रथम वीवाईसी कप खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैँया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीलाई नगद १५ हजार रुपैँया प्रदान गरिने छ । प्रथम वीवाईसी कप खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिताको तयारी अहिले तिव्र रुपमा भइरहेको छ ।

सैनामैनामा यस अघि माघ २५ देखी फागुन ३ सम्म राष्ट्रिय स्तरको भलिवल सम्पन्न भएको छ भने गत १९ गते देखी २८ गते सम्म फुटबल सम्पन्न भइसकेको छ ।

यस्तै वडा स्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिता समेत सम्पन्न भएका छन् ।

भलिवल प्रतियोगिता

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार