
सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा लागेको ताला तोडिएको छ । शनिबार (हिजो) गरिएको तालाबन्दी आज आईतबार बेलुका तोडिएको हो ।
अखिल समाजवादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले आफूहरुको जिल्ला व्यापी कार्यक्रम भएको बताउँदै एक प्रेस विज्ञप्ती जारी गरि क्याम्पस प्रशासन लगाएका थिए ।
उक्त ताला आज नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले तोडेको हो । नेविसंघले विद्यार्थीहरुको अधिकारमाथि हस्तक्षेप गरि तालाबन्दी गरेको भन्दै क्याम्पसमा भएको तालाबन्दी तोडेको बताएको छ ।
अखिल समाजवादी र अखिल क्रान्तिकारीले सहमति बिना क्याम्पस प्रशासनले निर्वाचन प्रकृया अघि बढाएमा थप संघर्षका कार्यक्रम गर्ने तथा क्षतिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी दिएको थियो ।
क्याम्पसमा उम्मेदवारहरुको मनोनयन दर्ता भैसकेको छ । नेबिसंघबाट अध्यक्षमा मौसम थापा मगरले उमेदवारी दर्ता गरेका छन भने पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अध्यक्षमा विज्ञान पाण्डेले उमेदवारी मनोनयन गरेका छन ।
यसैगरी स्वतन्त्रबाट अध्यक्षमा विशाल पौडेलले समेत उमेदवारी दर्ता गरेका छन् ।