उप्रेतीको संयोजकत्वमा ११ सदसीय नागरिक निगरानी समुह गठन

उप्रेतीको संयोजकत्वमा ११ सदसीय नागरिक निगरानी समुह गठन

सैनामैना । रुपन्देहीको सैनामैना नागरिक निगरानी समुह गठन भएको छ । सैनामैना नगरपालिका ८ बासगढी खानेपानीको सभाहलमा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकको अध्यक्षतामा सम्पन्न भएको भेलाले सैनामैनामा नागरिक निगरानी समुह गठन गरेको हो ।

समुह टिकाराम उप्रेतीको संयोजक्तोमा गठन गरिएको छ । एघार सदसीय समुहको सचिवमा कमला आचार्य पन्थी सदस्यहरुमा शिवलाल पोखरेल, नबिन घिमिरे, तेजेन्द्र थापा, देवराज पौडेल, तिर्थ प्रसाद भुषाल, धुर्व गौतम, बिश्वमणि घिमिरे, कल्पना कुवँर र सिता पौडेल रहेका छन् ।

बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ । यसैक्रममा सैनामैनामा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुह गठन गरिएको हो ।

समितिले बुटवल गोरुसिङ्गे सडक निमार्णको क्रममा सैनामैना क्षेत्रमा आउने समस्या समाधानको लागि सहजिकरण गर्ने छ । अन्य क्षेत्रमा जस्तो काममा ढिला सुस्ती नहोस भन्ने हेतुले स्थानिय र निर्माण व्यवसायीका बीच सेतुको काम गर्ने उद्देश्यले समिति गठन गरिएको बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकले बताए ।

समुह गठन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार