निर्वाचनको मुखैमा परिचय पत्र गायव भएपछि नेविसंघको ध्यानाकर्षण

निर्वाचनको मुखैमा परिचय पत्र गायव भएपछि नेविसंघको ध्यानाकर्षण

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसबाट एकाएक विद्यार्थीको परिचय पत्र गायब भएपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गम्भिर ध्यानाकर्षण गराएको छ । स्ववियू निर्वाचनको मुखैमा विद्यार्थीहरुको परिचय पत्र हराएको भन्दै शनिबार पत्रकार सम्मेलन मार्फत नेविसंघले गम्भिर आपत्ति प्रकट गरेको हो ।

पत्रकार सम्मेलनमा नेविसंघका केन्द्रीय सदस्य किरण तिवारीले क्याम्पसले दिने परिचयपत्रहरू एकद्वार प्रणालीबाट नभई विभिन्न राजनीतिक दलका नेताहरूलाई दिएको आरोप लगाएका छन् । मतदान गर्ने कतिपय विद्यार्थीहरू नेविसंघका रहेता पनि पछिल्लो चरणमा चुनाव नजिकिने क्रममा अन्य दलका व्यक्तित्वहरूले सम्पूर्ण परिचयपत्र एकैपटक एकै व्यक्तिद्वारा हस्ताक्षर गरी लगिएकोमा आपत्ति जनाउँदै क्याम्पसलाई प्रश्नसमेत गरेका छन् ।

तिवारीले हाम्रा डकुमेन्ट कहिलेसम्म सुरक्षित रहन्छन् भन्दै प्रश्न गरेका थिए । त्यस्तै, पत्रकार सम्मेलनमा सहभागी भएका सातजना विद्यार्थीहरूले हामीले आफ्नो परिचयपत्र क्याम्पसमा लिन जाँदा हजुरको परिचयपत्र यहाँ नरहेको र सम्बन्धित व्यक्तिहरुले हजुरलाई दिने भनेर लगेको भनेर जवाफ पाएपछि नेविसंघले सोको घोर भत्र्सना गरेको छ ।

कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य तिवारीले विद्यार्थीहरूको नाम र हस्ताक्षर समेत रहेको नामावली सार्वजनिक गर्दै १ सय ५ जनाको परिचयपत्र एकै व्यक्तिले लगेकोमा यस्तो क्याम्पसको प्रशासनबाट के र कस्तो खालको शिक्षाको अपेक्षा गर्ने भने प्रतिप्रश्न गरेका हुन् ।

क्याम्पस प्रमुख हेमबहादुर थापाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विद्यार्थीहरूले हाम्रा साथी हुन भन्दै उक्त विद्यार्थीको परिचयपत्र लगेको र आगामी दिनमा यसबारे गम्भीर भएर स्वयम विद्यार्थीलाई मात्र दिने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

क्याम्पस प्रशासनको गल्ति भएको भन्दै यसले निरन्तरता नपाउने पनि थापाले बताए । यसरी र्कीते हस्ताक्षर गरेर १ सय ५ ओटा परिचयपत्र लाने व्यक्तिहरूलाई तत्काल कारबाही गर्न समेत नेविसंघले ध्यानाकर्षण गराएको छ भने चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिवार्य रुपमा समयमै निष्पक्ष ढङ्गबाट गर्न समेत आग्रह गरेको छ।

परिचय पत्र गायव

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार