
शिब अधिकारी, सैनामैना । स्ववियू निर्वाचनको पूर्व सन्ध्यामा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा ताला लागेको छ । शनिवार साँझ दुई विद्यार्थी संगठनका प्रतिनिधी क्याम्पस प्रशासनमा घुसेर ताला लगाएको निर्वाचन अधिकृत दिनेश पन्थीले जानकारी दिनुभयो ।
पन्थीका अनुसार विप्लव निकट अखिल समाजवादी र प्रचण्ड निकट अखिल क्रान्तिकारीले क्याम्पसमा ताला लगाएका हुन । अखिल समाजवादीका पदम सी र अखिल क्रान्तिकारीका टिकाराम आर्चायले ताला लगाएको उहाँले बताउनुभयो ।
जिल्ला व्यापी कार्यक्रम अन्तरगत तालाबन्दी गरिएको बुझिएको छ । तालाबन्दी गर्ने संगठनले रुपन्देही जिल्ला भरका सबै क्याम्पसमा एकै दिन चुनाव भए ताला खोल्ने नभए स्ववियू चुनाव हुन नदिने माग राखेको बताएका छन् । सञ्चारकर्मीसँगको टेलिफोन सम्पर्कका क्रममा दुवै संगठनका जिल्ला अध्यक्षले उक्त प्रतिक्रिया दिएका हुन् ।
तालाबन्दी पछि चुनावी मैदानमा होमिएका संगठनहरुले बैठक आवहन गरेको पनि पन्थीले बताउनुभएको हो ।