कपिलवस्तु-११ सेमिफाईनल प्रवेश

कपिलवस्तु ११ सेमिफाईनल प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने अन्तिम टोलीको टुंगो लागेको छ । शनिबार भएको अन्तिम क्वार्टर फाईनलमा खेलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लबलाई ३-० को गोल अन्तरले पराजित गर्दै कपिलवस्तु-११ ले सेमिफाईनलमा स्थान पक्का गरेको हो ।

कपिलवस्तु-११ को जितका लागि तीनवटै गोल दोश्रो हाफमा भएका थिए । दोश्रो हाफको ५० औं मिनेटमा जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यसैगरी खेलको ७४ औँ मिनेटमा जर्सी नंं ५ का खेलाडी विज्ञान गुरुङले एक गोल गरी खेललाई २-० को अन्तरमा पुर्‍याएका थिए । दोश्रो गोल भएको ८ मिनेटमै पुनः मोहम्मद इन्ड्रिजले एक गोल थपेका थिए । उनले खेलमा व्यक्तिगत दुई गोल गरी म्यान अफ दि म्याचको पुरस्कार समेत प्राप्त गरेका छन् ।

मुर्गिया फुटबल क्लबको आयोजनामा फागुन १९ गतेबाट सञ्चालन भइरहेको प्रतियोगितामाआईतबारबाट सेमीफाईनल चरणका खेल हुनेछन । भोलि पहिलो सेमीफाईनल खेल आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्च नवलपुर रजहरबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ ।

सेमिफाईनल प्रवेश

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार