नेपाल पुलिस क्लबलाई हराएको फर्साटिकर युवा क्लब क्वाटरफाइनल प्रवेश

नेपाल पुलिस

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा सोमबारदेखि जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज विभागिय टोली नेपाल पुलिस क्लब र फर्साटिकर युवा क्लबबीच खेल सम्पन्न भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा चलिरहेको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो खेलमा फर्साटिकर युवा क्लब विजयी भएको हो ।

फर्साटिकरले विभागिय टोली नेपाल पुलिस क्लबलाई २–० को गोल अन्तरले हराएको थियो । जितसँगै फर्साटिकर वाईसी क्वाटरफाइनल प्रवेश गरेको छ । उसको जितका लागि पहिलो हाफको २९ औँ र दोस्रो हाफको ६४ औँ मिनेटमा गणेश हमालले २ गोल प्रहार गरेका थिए ।

एक्ले २ गोल प्रहार गरेका गणेश खेलको म्यान अफ द म्याद घोषित हुँदै नगद पाँच हजार प्राप्त गरेको प्रतियोगिता संयोजक अशोक खड्काले जानकारी दिए ।

अब सैनामैना नगरपालिका ४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा जारी गोल्डकपमा भोलि बुधबार एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुरबीच दिउँसो ३ बजे खेल हुने टिम सयोजक श्री दर्लामिले जानकारी दिएका छन् ।

फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेकोमा गोर्खा व्वाईज स्र्पोर्टस क्लब र नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टोलीले समान ४० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजक मुर्गिया फुटबल क्लबले जनाएको छ ।

त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ ।

सुनगाभा सैनामैना गोल्डकप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार