सुनगाभा सैनामैना गोल्ड कपको तयारी पूरा (भिडियो सहित)

सुनगाभा सैनामैना गोल्ड कप

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा फागुन १९ देखी २८ गते सम्म  हुन लागेको सुनगाभा सैनामैना गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत तयारी पुरा भएको जानकारी आयोजकले गराएको छ ।

फुटबल खेलको प्रवद्र्धन र खेलाडीलाई प्लेटफर्म दिने गरि सैनामैनामा सुनगाभा सैनामैना गोल्ड कप हुन लागेको हो । सैनामैना नगरपालिकाको संरक्षकत्व तथा मुर्गिया फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता सैनामैना फुटबल रंगशालामा सञ्चालन हुनेछ ।

क्लवका अध्यक्ष प्रविन भारीले पत्रकार सम्मेलनमा वोल्दै सुनगाभा पब्लिक स्कुलको मुख्य प्रायोजनमा सम्पुर्ण तयारी पूरा भएको बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि सैनामैना नगरपालिकाबाट ५ लाख रुपैया तथा खेलमैदान मर्मतका लागि थप ५ लाख रुपैया सहयोग भएको अध्यक्ष भारीले जानकारी दिनुभयो । यस्तै विभिन्न संघ सस्थ, स्वदेश तथा विदेशबाट पनि सहयोग आइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा खेल संयोजक अशोक खड्काले रुपन्देहीमा तिलोत्तमा गोल्डकप पछिको ठूलो प्रतियोगिताका रुपमा भित्राउन लागेको जानकारी दिनुभयो। अखिल नेपाल फुटबल संघ एन्फाको स्विकृतिमा प्राविधिक उपलब्ध रहेको उहाले जानकारी गराउनुभयो। प्रतियोगितामा उपाधि विजेताले नगद ७ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरसकृत गरिने रउपविजेता टिमले नगद ४ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत नगद, कपबाट पुरसकृत गरिने संयोजक खड्काले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिव ६० लाख खर्च हुने अनुमान रहेको भन्दै प्रतियोगितामा खेलाडीहरुलाई १ लाखसम्मको बिमा गरिएको समेत जानकारी दिनुभयो।

कार्यक्रममा टिम ब्यवस्थापक श्री दर्लामीले खेललाई रोचक र प्रतिस्प्रर्धात्मक बनाउन प्रत्येक टिममा पाच जना विदेशी खेलाडी खेलाउन पाउने ब्यवस्था भएको बताउनुभयो। यसले युवा खेलाडीबाट सिक्ने अवसर पनि मिल्ने उहाँको दाबी छ । आयोजक टिमबाट पनि पाच जना विदेशी खेलाडीहरु अनुबन्ध गरिएको र पहिलोपटक आयोजना गरिएको यस प्रतियोगिता जित्ने गरि तयार भएको जानकारी गराउनुभयो ।

उद्घाटन खेल आयोजक मुर्गिया फुटबल क्लब र गोर्खा ब्याईज क्लबका बिचमा हुने छ । प्रतियोगितामा ए डिभिजन, विभागिय टिम र एउटा विदेशीसहित १० टिमले सहभागि जनाउने छन् ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं ४ का वडाअध्यक्ष रामप्रसाद अधिकारीले खेल विकासमा पालिका विगतबाट नै लागेको बताउनुभयो । ‘सैनामैना फुटबल रंगशाला निर्माण गरेर खेलगतिविधिलाई जोडेको छ ।’ अधिकारीले भन्नुभयो । आठ करोड रूपैया लागतमा निर्माणधिन रंगशाला करीब ७० प्रतिशत काम भएको उहाँको भनाई छ ।

प्रतियोगितामा एक हजार रुपैयाको सिजनल टिकटबाट ९ दिन नै हेर्न पाउने ब्यवस्था गरिएको छ । यसैगरि अवलोकनमा ७० वर्षमाथि, अपाङता भएका नागरिकलाई निशुल्क प्रवेशको ब्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलन कृष्ण भण्डारीको सहजिकारणमा सम्पन्न भएको हो ।

सुनगाभा सैनामैना गोल्ड कप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार