श्रीमद्भागवत् महायज्ञ उद्घाटन गर्न राष्ट्रपति आज पोखरा जाने

सरस्वती पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा जाँदैछन्। पोखरा महानगरपालिका- १८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव उद्घाटन गर्न उनी पोखरा जान लागेका हुन्।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १० बजे काठमाडौंबाट सराङकोट धाम पुग्ने तय भएको छ। उनले सराङकोट टपमा बनेका विशाल पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिरलगायतका देवालय उद्घाटन गर्ने सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए।

समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्बोधन गर्नेछन्।

सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्युटावर, बहुउद्देश्यीय भवन, भूमे कालिका र स्वागतद्वार बनिसकेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार