मेलम्चीको पाइप फुटेपछि बबरमहल जलमग्न

काठमाण्डाै । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ ।

आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र मोटरसाइकलसमेत डुबेका छन् । बबरमहलमा सडकसमेत भासिएको छ । यातायात पनि प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको आयोजनाले जनाएको छ ।

बबरमहल जलमग्न

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार