Pahilo Awaj

Advertisment

SKIP THIS

क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक

क्यान्सर न्यूनीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताए।

‘क्यान्सर निवारणका लागि धेरै काम गर्न बाँकी छ। उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी छ’, उनले भने, ‘पाठेघरको क्यान्सरबाट मेरो आमाहरू, मेरो दिदीहरु, मेरो समकक्षी साथी थुप्रैको मृत्यु भएको छ। दिनमा चार जनाको मृत्यु हुने तथ्याङ्क हामीसँग उपलब्ध छ। यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्‍याउन सबैलै पहल गर्न जरुरी छ।’

मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि स्रोत साधन कम रहेको बताए।

क्यान्सर न्यूनीकरण

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार