Pahilo Awaj

Advertisment

SKIP THIS

सहकारीमा राखेको पैसा जोगिने ग्यारेन्टी हुनुपर्छ : सभापति देउवा

देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरुको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरूको अन्त्य गर्न जरुरी रहेको बताए।

उनले वास्तविक सहकारी आन्दोलनको विकास, विस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताए।

उनले आम नागरिकहरुले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा बचतकर्ताहरु पीडित भएको बताए। सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महशुस गरेर अध्यादेश ल्याएको बताए।

उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

सभापति देउवाले नेपाली कांग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिकसमक्ष पुर्‍याउन अभियानको रुपमा विस्तार गर्न लागिपरेको बताए।

पछिल्लो समय भिआइपीहरू नै सहकारीको बचत रकम अपचलनमा तानिन थालेपछि यो विषय चौतर्फी पेचिलो बन्दै गएको छ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विभिन्न जिल्लामा मुद्दा खेपिरहेका छन्।

त्यस्तै, कांग्रेसकै उपसभापति धनराज गुरुङ पनि सहकारी प्रकरणमा जोडिएका छन्। तर, सत्ताको छायाले उनीविरुद्ध मुद्दा नचलाइएको आरोप सरकारले खेप्दै आएको छ।

सभापति देउवा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार