Pahilo Awaj

Advertisment

SKIP THIS

सहज रुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी काम गरौँ : मन्त्री यादव

मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकले सहज रुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी काम गर्न आग्रह गर्नु भएको छ । आज मन्त्रालयमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा मन्त्री यादवले उक्त आग्रह गर्नु भएको हो ।

सोही क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा सहज रुपमा खानेपानी बितरण, लिकेज भएका पाइपलाइन मर्मत, खानेपानीका मिटर बितरण गर्ने लगायतका कार्यहरु छिटो छरितो गर्न आग्रह गर्नुभयो ।

खानेपानी मन्त्रालय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को अभिभावक भएकाले केयुकेएललाई सहज रुपमा पानी बितरण गर्ने कार्यमा मन्त्रालयले पूर्ण साथ र सहयोग गर्दै आएको र आगामी दिनमा पनि सम्पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाई थियो ।

यसैगरी मन्त्री यादवले प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनबीच आपसी मेलमिलामा रही नागरिकलाई खानेपानी खुवाउने कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नु भएको थियो ।

उक्त बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्यले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले यहाँका नागरिकलाई खानेपानी बितरणको कार्य गर्दै आइरहेको र अबका दिनमा पनि उक्त कार्यलाई थप अघि बढाउँदै पानी लिकेज भएका ठाउँमा चाडो मर्मत गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले काठमाडौँ उपत्यकामा खानेपानी बितरण लगायतका विभिन्न कामहरु भइरहेका र गत असोज ११ गतेको बाढीका कारण कतिपय ठाउँका खानेपानीका मुहानहरु बाढीले बगाएकाले समस्या उत्पन्न भएको बताउनुभयो ।

आजको उक्त बैठकमा खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठ, ई रमाकान्त दुवाडि, केयुकेएल कर्मचारी ट्रेड युनियनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मन्त्री यादव

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार