काठमाडौं । मधेश केन्द्रित आठ दलीय कार्यदलको बैठक आज बस्दैछ। बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलहरूको बैठकले कार्यदल बनाएको थियो।
बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।
कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन्।
कार्यदलले साझा एजेन्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा बनाउने लगायतका कार्य गर्ने छ। त्यसपछि आठै दलका शीर्ष नेताहरू बसेर अन्तिम निष्कर्षमा पुग्ने बताइएको छ।