दाङ । दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । राप्ती गाउँपालिका–३ मसुरिया घर भई अहिले घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुमरगाउँका १९ वर्षीय मनोज बुढामगर प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
शङ्का लागेर केसी र बुढामगरलाई खानतलासी गर्दा केसीले लगाएको जुत्तामुनि लुकाइराखेको अवस्थामा एक सय ९० मिलिग्राम र बुढाथोकीको साथबाट ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताउनुभयो । उनीहरू सवार लु १८ प ३७७० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।