काठमाडौं । वाशिंटन डीसीमा भएको विमान दुर्घटनास्थलबाट ब्ल्याक बक्स बरामद भएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार वाशिंटन डीसीमा बुधबार एक वाणिज्यक विमान र सैन्य हेलिकोप्टर टक्राएर दुर्घटना हुँदा ६७ जनाको मृत्यु भएको थियो ।
दुर्घटनाको कारण खोज्न कैँयन विधिबाट जाँचबुझ चलिरहेको थियो । ब्ल्याक बक्स भेटिएसँगै अब प्रारम्भिक रिपोर्ट ३० दिनमा जारी गरिने जनाइएको छ । एनटीएसबीका अधिकारीहरुले आफुहरुसँग निकै धेरै जानकारी भए पनि पुष्ट्याईंका लागि केही समय चाहिने बताएका छन् ।
उनीहरुले विमानको ब्ल्याक बक्स फेला पारिसकेकाले के कसरी विमान दुर्घटना भयो र गल्ती के हो भन्नेबारे त्यसबाट जानकारी हासिल गर्न सकिने जनाउ दिएका छन् । यो घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फले आफुहरुको दिल टूटेको प्रतिक्रिया दिएका छन् ।