![समाजवादी](https://pahiloawaj.com/wp-content/uploads/2025/01/Samajbadi_Morcha_NyqOWfVsCE.jpg)
![समाजवादी](https://pahiloawaj.com/wp-content/uploads/2025/01/Samajbadi_Morcha_NyqOWfVsCE.jpg)
![समाजवादी](https://pahiloawaj.com/wp-content/uploads/2025/01/Samajbadi_Morcha_NyqOWfVsCE.jpg)
काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
‘माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने ।
त्यस्तै, चैतको पहिलो हप्तासम्मा मधेशमा जनसभा आयोजना गर्ने निर्णय भएको पनि उनले बताए ।
आजको बैठकमा हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको उनले बताए । नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।