Pahilo Awaj

Advertisment

SKIP THIS

विपिन जोशीलाई छुटाउने पहल गर्दिन देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गर्दिन इजराइलसँग अनुरोध गरेका छन् ।

बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्मेलनमा सहभागी हुन आएका इजराइली राजदूत समुलिक एरी बासको ध्यानाकर्षण गराउँदै उनले सो कुरा राखेका हुन् ।

‘इजराइलमा अहिले शान्ति प्रक्रिया सुरु भएको छ, हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इजराइली राजदूतले मद्दत गर्नु हुनेछ भन्ने विश्वास लिएको छु, मलाई आशा छ उहाँलाई छुटाउने काममा हामी सबै लाग्नेछौं,’ सभापति देउवाले सो क्रममा भने ।

विपिन जोशी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार