Pahilo Awaj

Advertisment

SKIP THIS

१ सय ७६ यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी

बिमानमा आगालागी

काठमाडौँ । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा १७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ ।

मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव साढे १० बजेतिर आगलागी भएको थियो । राति आगलागी हुने वित्तीक्कै विमास्थलका आपतकालिन प्रोटोकलहरु सक्रिय भएसँगै १७६ जना सबै यात्रुको सकुशल उद्दार गरिएको छ ।

आगलागीबाट विमान पूर्ण रुपमा क्षति भएको छ । घटनास्थलमा दमकल खटाएपछि करिब एक घण्टापछि राति ११ः३१ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको दमकलले जनाएको छ ।

मङ्गलबारको घटना दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रुवाहक विमान दुर्घटना भएको एक महिनापछि भएको हो, जसमा सवार १८१ जनामध्ये दुई बाहेक सबैको मृत्यु भएको थियो।

बिमानमा आगालागी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार