काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३५ रुपैयाँ रहेको थियो ।