Pahilo Awaj

Advertisment

SKIP THIS

नौ सय रुपैयाँले घट्यो सुन

सुन

काठमाण्डौ । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा नौ सय रुपैयाँले घटेर एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको थियो ।

घट्यो सुन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार