रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, भैरहव भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मी लगायतले पत्रकार शर्मालाई प्रमाणपत्र, खादा, माला र नगदसहित सम्मानित गरेका हुन् ।

भन्सारले गरेका गतिविधि संचारमाध्यम प्रकाशन–प्रसारण गरी सहयोग पुर्याएको भन्दै शर्मालाई पुरस्कृत गरिएको हो । शर्मा भैरहवाबाट प्रकाशन हुने न्युज ओके साप्ताहिकका सम्पादक हुन् । यस्तै, उनी रुपन्देहीबाट कारोबार दैनिकमा समेत रिपोर्टिङ गर्दै आएका छन् । दुई दशकदेखि पत्रकारितामा क्रियाशील भैरहवा निबासी हुन् ।