काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.४१ अंकले घटेर २ हजार ६४३.९३ विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ४.७६ प्रतिशतले ओरालो लागेको छ ।
आज बोटलर्स नेपाल (बालाजु), एनआईसी एशिया डिबेन्चर २०८२/८३, दोल्ती पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ७ अर्ब ८५ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ९ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।