Pahilo Awaj

Advertisment

SKIP THIS

खेल तालिका सार्वजनिक

खेल

रुपन्देही । सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारको आयोजनामा शनिबार (भोलि)बाट सुरु हुन लागेको अन्तर टोल स्तरीय विविध खेलकुद कार्यक्रमको खेल तालिका सार्वजनिक भएको छ । वडाले आज सूचना जारी गर्दै प्रतियोगिताको समय तालिका सार्वजनिक गरेको हो ।

माघ १९ गतेसम्म सञ्चालन हुने विविध खेलकुद कार्यक्रम सैनामैना नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेटबाट आयोजना हुने र उक्त कार्यक्रममा पुरुष क्रिकेट, फुटबल तथा महिला/पुरुष भलिबल प्रतियोगिता हुनेछन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने क्रिकेट प्रतियोगितामा दुई समुहमा कुल ८ टोली सहभागी छन् । प्रतियोगीतामा पहिलो खेल रामवस्ती एण्ड शिवशक्ती र वयरकट्टी टोल बीच हुने छ । दोस्रो खेलमा र्सिजनशील एण्ड जनजागरणसँग रामनगर टोल, तेस्रो खेलमा एकता टोल र शान्ति टोल तथा समुह चरणको अन्तिम खेलमा देवी टोलले हरियाली टोलसँग खेल्ने छ ।

दुवै समुहबाट दुई टोली सेमिफाईनल प्रवेश गर्ने र प्रतियोगिताको फाईनल खेल १४ गते हुने छ । प्रतियोगितामाको बिजेताले ८ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले ६ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, पुरुष फुटबल तर्फ पनि दुई समुहमा कुल ८ टोली सहभागी रहेको सैनामैना ७ को कार्यालयले जनाएको छ । प्रतियोगिताको पहिलो खेल वयरकट्टी टोल र देवी टोलबीच हुने भएको छ । दोस्रो खेलमा हरियाली टोलले एकता टोलसँग खेल्ने छ । तेस्रो खेल शान्ति टोल र रामनगर टोल तथा समुह चरणको अन्तिम खेलमा र्सिजनशील एण्ड जनजागरणसँग रामवस्ती एण्ड शिवशक्ती खेल्नेछन् ।

समुह चरणका सबै खेल माघ १७ गते हुनेछन भने सेमिफाईनल १८ र उपाधि भिडन्त १९ गते हुने छ ।

पुरुष भलिबल तर्फको पहिलो खेलमा देवी टोलले वयरकट्टी टोलसँग खेल्ने भएको छ । दोस्रो खेलमा रामवस्ती एण्ड शिवशक्तीले शान्ति टोलसँग, तेस्रो खेलमा रामनगर टोलसँग एकता टोल तथा चौँथो तथा समुहको अन्तिम खेलमा हरियाली टोलले र्सिजनशील एण्ड जनजागरणसँग खेल्ने छ । पुरुष भलिबलको फाईनल खेल माघ १४ गते हुने छ ।

Game Fixture

महिला भलिबल तर्फको पहिलो खेलमा वयरकट्टी टोलले एकता टोलसँग खेल्ने भएको छ । दोस्रो खेलमा हरियाली टोलले रामनगर टोलसँग, तेस्रो खेलमा देवी टोलले र्सिजनशील एण्ड जनजागरणसँग तथा चौँथो तथा समुहको अन्तिम खेलमा शान्ति टोलले रामवस्ती एण्ड शिवशक्ती खेल्ने छ । महिला भलिबलको फाईनल खेल माघ १४ गते हुने छ ।

कार्यक्रमको उद्घाटन सत्र रामनगर टोलको भलिबल खेल मैदानमा १२ गते बिहान ११ बजे हुने बताइएको छ ।

पुरुष तथा महिला भलिबल प्रतियोगिताको बिजेता टोलीले ६ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेताले ४ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, फुटबल प्रतियोगितामाको बिजेताले ८ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले ६ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Game Fixture

Game Fixture 

पहिलो आवाज दिनभर

खेल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार