Pahilo Awaj

Advertisment

SKIP THIS

सुन प्रति तोला १ हजार रुपैँयाले बढ्यो

सुन

काठमाण्डौ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार ६ सय रुपैयाँमा रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो

सुन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार