Pahilo Awaj

Advertisment

SKIP THIS

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा

काठमाडौँ । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

राप्रपा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार