![Nepal-national-womens-team](https://pahiloawaj.com/wp-content/uploads/2025/01/Nepal-national-womens-team.jpg)

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपाल ले आज आयोजक मलेसियासँग खेल्दै छ । खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।
मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।
नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो । यो विश्वकपको समूह चरणमा नेपाल,बङ्गलादेश,स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।